यस्तो छ सोमबार सुनको मूल्य

काठमाडौँ, साउन २७ । साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । बिहिबार छापावाल सुन प्रति तोला ५ सयले बढेर ७० हजार रुपैया पुगेको थियो भने शुक्रबार र आइतबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । आज सोमबार पनि सोहि मुल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

त्यस्तै यस दिन तेजाबी सुन प्रति तोला ६९ हजार ७ सय रुपैयामा कारोबार भैरहेको छ ।

त्यस्तै यस दिन चाँदीको भाउ पनि स्थिर रहेको छ । बिहिबार चाँदी प्रति तोलामा १५ रुपैयाले बढेर ८ सय २५ रुपैयाँमा कारोबार भएकोमा
शुक्रबार र आइतबार पनि चाँदीको मूल्य स्थिर रहेको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, साउन २७, २०७६ /Monday, August 12th, 2019, 12:19 pm