गंगालाल मुटु अस्पतालको निमित्त निर्देशकमा डा. लिम्बु

काठमाडौ, साउन २६ ।
राजधानीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बु चयन भएका छन ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा. लिम्बुलाई आइतबार निमित्त निर्देशक नियुक्त गरेका हुन । वर्तमान निर्देशक डा. जोतिन्द्र शर्माको चार वर्षे कार्यकाल शनिबार सकिएपछि उक्त स्थानमा मन्त्री यादवले मन्त्रालयस्तरीय निर्णय गर्दै डा. लिम्बुलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निर्देशकको जिम्मेवारी दिएको गंगालाल हृदय केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, साउन २६, २०७६ /Sunday, August 11th, 2019, 9:46 pm