सोमबार इदको सार्वजनिक विदा (विज्ञप्तिसहित)

काठमाडौं, साउन २६ । २ नं. प्रदेश सरकारले बकर इदको अवसरमा भोली (सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिएको उनले हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा शुभकामना सन्देशको साथै इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेको विज्ञप्तिमा छ ।

हेर्नुहोस विज्ञप्ति

प्रकाशित मिति: आइतवार, साउन २६, २०७६ /Sunday, August 11th, 2019, 12:06 pm