डाउन टाउन अपार्टमेन्टबाट १ महिला सहित १२ जुवाडे पक्राउ

ललितपुर, साउन २३ । ललितपुर प्रहरीले ८ लाख ४० हजार नगद सहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नं. २३ स्थित डाउन टाउन अपार्टमेन्टको १० औं तल्लाको ५१० ब्लकबाट जुवा अखडा बनाई जुवा खेलिरहेको अबस्थामा महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी गौतम मिश्रको टोलीले १२ जनालाई नगदसहित प्रकाउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ललितपुरको मंगलबजार बस्ने शैलेश महर्जन, नःटोल बस्ने प्रकाश महर्जन, जाउलाखेल बस्ने गिता स्थापित, गोदावरी नपा वडा नं. ४ बस्ने किशोर देशार, ललितपुर महानगर सौगल बस्ने बिनोद अवाले, गाःबहाल बस्ने विकेश बज्रचार्य, मानभवन बस्ने विजय शाक्य, छाबहाल बस्ने महेश शाक्य, रविन महर्जन, ग्वार्को बस्ने उमेश महर्जन, पाटनढोका बस्ने रवि महर्जन र पाटन बस्ने रंजित महर्जन रहेको पक्राउ पूर्जीमा उल्लेख छ ।

बुधबार बेलुका करिब ८ः३० बजे गोप्य सूचनाको आधारमा जुवाबाट हारजित हुनेगरी जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई नगद ८ लाख ४० हजारसहित १२ जनालाई पक्राउ गरेको डिएसपी मिश्रको भनाई छ । उनीहरुको साथबाट प्रहरीले जुवा खेल्न प्रयोग भएको १ सेट कौडासमेत प्रहरीले बरामत गरेको छ ।

गत असार २३ गते ललितपुरको गोदावरी क्षेत्रमा रहेको वृन्द्राबन सिसोर्टबमा जुवा खेलिरहेको अबस्थामा महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रको टोलीले ७ जनालाई ११ लाख नगदसहित प्रकाउ गरेको थियो । उनीहरुले मोबाइल टीम बनाएर कहिले काठमाडौ त कहिले ललितपुरमा जुवा खेल्ने गरेको बयानबाट खुल्न आएको थियो ।

यो पनि पढ्नुहोस्
एघारलाख नगद सहित सातजना जुवाडे पक्राउ !

डिएसपी सापकोटाको गोदावरीमा पहिलो एक्सनः एकै दिन २२ जुवाडे पक्राउ

ललितपुरको ठेचोबाट ५ जुवाडे पक्राउ

नख्खुबाट जुवातास खेलिरहेको अवस्थामा २ जुवाडे पक्राउ

प्रकाशित मिति: बिहिबार, साउन २३, २०७६ /Thursday, August 8th, 2019, 8:21 am