बुधबार पनि सुनले कायम गर्यो अर्को नयाँ रेकर्ड, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ, साउन २२ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार (साउन २२ गते) तोलामा १ हजार ५ सयले बढेर ६९ हजार ५ सय रुपैयामा कारोबार भएर नयाँ रेकर्ड राखेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तर मंगलबार सुन प्रति तोलामा ६८ हजार रुपैयामा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजाबी सुन प्रति तोला ६९ हजार २ सय रुपैयामा कारोबार भएको छ ।

त्यस्तै यस दिन चाँदीको भाउ पनि ह्वात्तै बढेको छ । आज (बुधबार) चाँदी प्रति तोलमामा १५ रुपैयाले बढेर ८ सय १० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुचनाँदी व्यवसायी संघले जनाएको छ । तर मंगलबार चाँदी प्रति तोला ७ सय ९५ रुपैयामा कारोबार भएको थियो ।

अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको सुनचाँदी व्यवसायीहरु बताउँछन् । पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महङ्गिएको सुन व्यवसायीहरुको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६ /Wednesday, August 7th, 2019, 10:53 am