साओमी K20 र K20 pro नेपालमा लन्च , यस्तो छ मूल्य

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ । रेडमी k20 र रेडमी k-20 प्रो निक्कै नै चर्चामा रहेको र निक्कै प्रतिक्षित फोन हो ।

रेडमी K20 प्रो

रेडमी K20 प्रो मा 6.39 इन्चको एमोलेड फुल एचडी प्लस डिस्प्ले छ जसमा 1080X2340 पिक्सलको रेज्युलेशन छ । यसमा गोरिल्ला ग्लास ५ को प्रोटेक्सन राखिएको छ। यो स्मार्टफोनमा एंड्रॉयड 9 पाई मा आधारित एमआईयूआई 10 ओएस रहेको छ ।

यसमा अक्टा -कोर क्वालकम स्नापड्रयागन 855 प्रोसेसर छ जसमा 8 जीबी र्याम र २५६ जीबीको स्टोरेज उपलब्ध छ । यो फोनहरु दुईवटा स्टोरेज भेरियन्ट (६ जीबीर १२८जीबी र ८ जीबी र २५६ जीबी) र तीनवटा रंगहरुमा उपलब्ध रहेको छ ।

फोन मा 8 लेयर ग्रेफाइट कूलिंग सिस्टमको प्रयोग गरिएको छ । गेमिंगको लागि राम्रो अनुभव दिनको लागि यसमा सेकंड जनरेशन गेम टर्बो उपलब्ध रहेको छ ।

फोनमा पछाडी ३ वटा ए आई क्यामरा रहेको छ। यसमा 48 मेगापिक्सल को सोनी IMX586 सेंसर को प्राइमरी क्यामरा, 13 मेगापिक्सलको सेकेण्डरी क्यामरा र 8 मेगापिक्सल का टेलीफोटो क्यामरा रहेको छ । भने डुअल एलइ डी फ्लास रहेको छ।

रेडमी के२० प्रो मा सोनी IMX586 सेन्सर भएको ४८ एमपी एआई मुख्य क्यामेरा, ८ एमपी २ टेलिफोटो क्यामेरा र १२४.८ फिल्ड भ्यू सहितको १३ एमपी अल्ट्रा–वाइड क्यामेरा रहेको छ । उच्च रिजोलुसन डिजिटलदेखि एनालग कन्भटरले गर्दा रेडमी के२० प्रो मा लसलेस अडियोलाई पुनः प्ले (२४ बिट, १९२ एचजेड सम्म) गर्ने क्षमता छ साथै डूअल जीपीएस एन्टेनाले जीपीएस पिनपोइन्टको सूक्ष्मता सूनिश्चित गर्दछ ।
सेल्फी को लागि यो स्मार्टफोनमा 20 मेगापिक्सलको पप अप फ्रन्ट क्यामरा छ ।

यसमा २ वटा नानो सिम कार्ड प्रयोग गर्न मिल्छ भने स्टोरेज एक्स्पांड गर्नको लागि मेमोरी कार्ड राख्ने स्लट भने छैन। यसमा २५६ जीबीको इन्टरनल स्टोरेज उपलब्ध हुने हुँदा मेमोरी कार्ड राख्ने स्लट आबस्यक पनि देखिदैन।

कनेक्टिभिटीको कुरा गर्दा यसमा २ वटा नानो सिम कार्ड विथ डुओल फोरजी सपोर्ट, ब्लुटूथ ५.०, एनएफसी, रेडियो, यूएसबी टाइस-सी, 3.5एमएम हेडफोन रहेको छ। त्यस्तै यसमा अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर रहेको छ।

यसमा पनि रेड्मी नोट ७ प्रो मा झैँ ४००० एमएएचको ब्याट्री रहेको छ। रेडमी के- २० प्रो ले २७ वाट “सोनीकचार्ज” सपोर्ट गर्दछ र यसमा १८ वाट्ट चार्जर पनि आउँछ ।

ने रेडमी के२० प्रो अगष्ट ११ तारिकबाट तीनवटा रंग – फ्लेम रेड, ग्लेसियर ब्लू र कार्बन ब्लाक कलरमा नेपालका सम्पूर्ण अफलाइन च्यानल र डराज डट कम डट एनपी (www.daraz.com.np) मा ८ जीबी प्लस २५६ जीबी भेरियन्ट रु ४९,९९९ मा उपलब्ध हुनेछ ।

रेडमी K20
k20 मा पनि ६.३९ इन्चको एमोलेड फुल एचडी प्लस डिस्प्ले रहेको छ भने १०८० X २३४० पिक्सल रेजुलेशन छ। यसमा पनि K-20 प्रो मा झैँ गोरिल्ला ग्लास ५ ले सुरक्षित गरिएको छ। यसमा पनि एंड्रॉयड 9 पाई मा आधारित एमआईयुआई 10 ओएस रहेको छ। त्यस्तै इन-डिस्प्ले फिंगरप्रिंट सेंसर रहेको छ।
के २०मा अक्टा-कोर क्वालकम स्नापड्रयागन 730 प्रोसेसर रहेको छ भने ६ जिबि र्याम र १२८ जीबी स्टोरेज उपलब्ध रहेको छ।

क्यामराको कुरा गर्दा यसमा पनि पछाडी ३ वटा क्यामरा रहेको छ। यसमा 48 मेगापिक्सल को सोनी IMX586 सेंसर को प्राइमरी क्यामरा, 13 मेगापिक्सलको सेकेंडरी क्यामरा र 8 मेगापिक्सलको टेलीफोटो क्यामरा रहेको छ । डुअल एलइ डी फ्लास पनि रहेको छ।
यसमा पनि ४ हजार एम एच को ब्याट्री रहेको छ।

रेडमी के२० रु ३९,९९९ मा ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध रहेको छ ।

प्रकाशित मिति: बिहिबार, साउन २३, २०७६ /Thursday, August 8th, 2019, 12:58 pm