मलेसियाले दियो नेपाललाइ ८४ रनको लक्ष्य [LIVE]

काठमाडौं, साउन ८ । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनायो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको हो ।

उसका लागि सायद अजिजले ३०, विरन्दीप सिंहले २१, कप्तान अहमद फैजले ।।रन बनानुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा सोमपाल कामीले ३, बसन्त रेग्मीले २, करण केसी र सन्दीप लामिछानेले एकएक विकेट लिए ।

वर्षाका कारण ढिला गरी टस भएको खेलमा आज नियमित कप्तान पारस खड्का छैनन् । उनी ढाडको समस्याकारण आजको खेलमा उपस्थित हुन नसकेका हुन् । मलेसियाविरुद्ध ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गरिहेका छन् ।

विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न नेपाललाई यस खेल निकै महत्वपूर्ण रहेको छ । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल कमजोर मानिएको कतारसंग ४ विकेटले पराजित भएको थियो । मलेसियाले पहिलो खेलमा कुवेतलाई पराजित गर्दै शुखद सुरुवात गरिसकेको छ ।

नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी र प्रदिप ऐरी ।

लाइभ हेर्नको लागि यहाँ क्लिक गनुहोस

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६ /Wednesday, July 24th, 2019, 10:25 am