कर्मचारीको घुस्याहा प्रवृत्ति बढ्दै

काठमाडौं, साउन ४ । सरकारी कर्मचारीमा घुसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्न पुगेको छ। घुस्याहा कर्मचारीका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध पर्ने देखिएको छ।

केही सरकारी कार्यालय घुस लिने र दिने अखडाका रूपमा विकास हुन थालेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला दिनमा सक्रियता बढाएसँगै घुस्याहा कर्मचारी पक्राउ पर्ने क्रम बढेको समाचार राजधानी दैनिकमा छ।

घुस्याहा कर्मचारीहरूले कार्यालयपिच्छे एजेन्ट, बिचौलिया, लेखापढी व्यवसायी, ड्राइभिङ इन्स्टिच्युट, वकिल, उच्च व्यापारी र ठेकेदारमार्फत घुसको लेनदेन गर्ने गरेको अख्तियार स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६ /Saturday, July 20th, 2019, 7:48 am