सुनको मुल्यमा नयाँ रेकर्ड, अहिले सम्मकै उच्च रकममा कारोबार हुँदै

काठमाडौँ, साउन ३। सुनको मूल्यले फेरी नया रेकर्ड कायम गरेको छ ।आज शुक्रबार सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँ पुगेपछि अर्को नयाँ रेकर्ड कायम भएको हो ।

यस अघि २०७६ साल असार ६ गते सुनले ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो। त्यस पछी सुन प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार भइरह्यो।

एक हप्ता देखि स्थिर ( प्रति तोला ६४ हजार ५ सय रुपैयाँ)भएको सुन हिजो बिहिबार ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज फेरी ५ सय रुपैयाँ बढेर प्रतितोला ६५ हजार ५ सय रुपैयाँ पुगेपछि सुन अहिले सम्मकै उच्च मूल्यको नयाँ रेकर्डमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६ /Friday, July 19th, 2019, 12:50 pm