१ करोड ५२ लाख कित्ता भन्दा बढी शेयर नेप्सेमा सूचिकृत

काठमाडौं, साउन ३ । शुक्रबार कुमारी बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

बैंकको १ करोड ५२ लाख २१ हजार ७८१ दशमलव ३९ कित्ता नेप्सेमा आज सूचिकृत भएको छ ।

अब यो शेयर नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा लगानीकर्ताहरुले कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६ /Friday, July 19th, 2019, 11:22 am