रोकिएन सुनको मूल्य बढ्ने क्रम, शुक्रबार पनि ह्वात्तै बढ्यो

काठमाडौं, साउन ३। साताको छौटौ दिन शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

मंगलबार र बुधबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहिबार तोलामा ५ सय रुपैया बढेको सुनको मूल्य शुक्रबार फेरी तोलामा ५ सय रुपैयाले बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, शुक्रबार प्रतितोला सुनको मूल्य ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, मंगलबार र बुधबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो भने बिहिबार चाँदी तोलामा ४० रुपैयाले बढेर प्रतितोला ७ सय ६५ रुपैयामा कारोबार भएको थियो आज शुक्रबार भने तोलामा ५ रुपैयाले बढेर प्रति तोला ७ सय ७० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६ /Friday, July 19th, 2019, 11:27 am