सबैको लघुवित्तको आइपीओ आजदेखि निष्काशन

काठमाडौँ, साउन १ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) आजदेखि निष्काशन भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरमा ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रथामिक शेयर जारी गरेको हो। जसमध्ये ४ लाख ९५ हजार कित्ता सर्वसाधारणलाई, ८ हजार २ सय ५० कित्ता कम्पनीका कर्मचारीलाई र २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई दिइने छ ।

उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि दुई हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

साउन १ गतेदेखि खुल्ने सेयर छिटोमा साउन ५ गते र ढिलोमा साउन ३० गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

तनहुँ बन्दीपुर १ डुम्रे केन्द्रीय कार्यालय भई तनहुँ, चितवन, रुपन्देही, दाङ, नवलपरासी, नवलपुर, गोरखा, पर्सा, बारा, रौतहट, बाँके, बर्दिया, सर्लाही, सिरहा, सप्तरी, सुर्खेत, कञ्चनपुर, कैलाली, रसुवा, धनुषा, महोत्तरी र कास्की कार्यक्षेत्र रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १, २०७६ /Wednesday, July 17th, 2019, 8:40 am