मंगलबार सुन कतिमा कारोबार हुँदैछ, यस्तो आजको भाउ

काठमाडौं, असार ३१ । साताको तेस्रो दिन मंगलबार बजारमा सुनको भाउ स्थिर नै रहेको छ ।

शुक्रबार, आइतबार, सोमबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज (मंगलबार) पनि प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज (मंगलबार) पनि प्रतितोला सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, शुक्रबार, आइतबार, सोमबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज (मंगलबार) पनि चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, असार ३१, २०७६ /Tuesday, July 16th, 2019, 10:56 am