आइतबार थप २ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक

काठमाडौं, असार २९ । शिक्षक सेवा आयोगले आइतबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको थप २ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आइतबार धादिङ र सिन्धुपाल्चोक जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगको साइटमा उल्लेख गरिएअनुसार पिडिएफ फाइल अपलोड गर्न केही समय लाग्ने छ । तत्कालका लागि नतिजा हेर्न एसएमएसको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

यसरी प्राप्त गर्नुहोस नतिजा

प्रकाशित मिति: आइतवार, असार २९, २०७६ /Sunday, July 14th, 2019, 8:41 pm