मलेसियाविरुद्धको टी-२० सिरिज नेपालद्वारा ‘क्लिन स्विप’

काठमाडौं, असार २९ । मलेसिया विरुद्धको २ खेलको टी-२० सिरिज नेपालले ‘क्लिन स्विप’ गरेको छ। । दोस्रो खेलमा मलेसियालाइ ६ रनले हराउँदै नेपालले सिरिज जितेको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो ।

मलेसियाका लागि सायद ऐजाले ५०, अमिनुद्दिन रमिले २४, विरन्दीप सिंहलाई २३, अहमद फैजले १७, अनवार अरुदिनले ७, शाकिफ सरिफले १०, महुदत सायदतले २१ नट आउट २१ रन बनाए भने बलिङमा नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ , अविनाश बोहरा, करण केसी र पारस खड्काले एकएक विकेट लिए ।

मलेसियाकालागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक एक विकेट लिए ।

यस अघि मलेसिया विरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । योसँगै विनोद टी–ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।

यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए ।

बलिङमा मलेसियाका फित्री शामले ३, शरभिन मुनिन्दे र सायीदले एकएक विकेट लिए ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ । आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।

प्रकाशित मिति: आइतवार, असार २९, २०७६ /Sunday, July 14th, 2019, 11:17 am