शनिबार थप ५ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक

काठमाडौं, असार २८ । शिक्षक सेवा आयोगले शनिबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको थप ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शनिबार काठमाडौ, दोलखा, ललितपुर, नुवाकोट र काभ्रेपलाञ्चोक जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगको साइटमा उल्लेख गरिएअनुसार पिडिएफ फाइल अपलोड गर्न केही समय लाग्ने छ । तत्कालका लागि नतिजा हेर्न एसएमएसको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

यसरी प्राप्त गर्नुहोस नतिजा

प्रकाशित मिति: शनिबार, असार २८, २०७६ /Saturday, July 13th, 2019, 9:18 pm