अपडेट : अविरल वर्षाले मृत्यु हुने संख्या १९ पुग्यो, वर्षा जारी !

काठमाडौ, असार २७ ।
देशभर जारी अविरल वर्षाको कारण अहिलेसम्म १९ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । यो समाचार तयार पार्दासम्म पनि वर्षा जारी छ । गृहमन्त्रालयमा देशभरको प्रहरी कार्यालयबाट केहिबेर अघि टिपाइएको विवरण अनुसार हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा गरी १९ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जना रहेका छ्न । झण्डै १९ वर्षपछी परेको भीषण वर्षाले देशैभरको जनजीवन तहसनहस बनाएको छ । ग्रामीण भेगमा विद्युत र सञ्चार सम्पर्क बिच्छेद भएको छ भने यातायात ठप्प छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६ /Friday, July 12th, 2019, 11:47 pm