देशभर आज भिषण वर्षा हुने, सजग रहन आग्रह

सांकेतिक तस्विर

काठमाडौं, असार २७ । अहिले मनसुन न्यूनचापिय रेखा नेपालमा प्रवेश गरेको छ । आगामी २४ घण्टासम्म पनि मनसुन न्यूनचापिय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भू–भागमा रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसम पूर्ण बदली भई धेरैजसो स्थानहरुमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरको मौसम बदली भइ अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मनसुन सक्रिय भएका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ।

दिउँसो देशका अधिकांश स्थानको मौसम पूर्ण बदली भई धेरै स्थानमा वर्षाको सम्भावना छ। पश्चिमका एक –दुई स्थान, मध्य र पुर्वी क्षेत्रका एक –दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

मौसम सक्रिय भएर देशभर पानी पर्ने भएकाले नदीहरुमा पानीको बहाब बढ्ने महाशाखाले जनाएको छ। पश्चिमी भेगका एक – दुई स्थान, मध्य र पूर्वका थोरै स्थानहरुमा रहेका नदी तथा खोलाहरुमा पानीको स्तर बढ्ने भएकाले यी क्षेत्रका स्थानीय बासीन्दालाई उच्च सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भन्दै मौसम विभागले सर्तक रहन आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६ /Friday, July 12th, 2019, 6:42 am