बिहीबार थप ४ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक

काठमाडौं, असार २६ । शिक्षक सेवा आयोगले बिहीबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको थप ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले बिहीबार कास्की, रसुवा, स्याङजा र मकवानपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगको साइटमा उल्लेख गरिएअनुसार पिडिएफ फाइल अपलोड गर्न केही समय लाग्ने छ । तत्कालका लागि नतिजा हेर्न एसएमएसको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

यसरी प्राप्त गर्नुहोस नतिजा

प्रकाशित मिति: बिहिबार, असार २६, २०७६ /Thursday, July 11th, 2019, 9:45 pm