साउन २ र १० गते नेपाल बन्दको घोषणा

काठमाडौँ, असार २६ । लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध विज्ञापन खारेज गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द गर्ने भएको छ ।

संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको भन्दै महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’लगाएतका नारासाथ आदिवासी/मुलबासी/जनजातिहरुले विरोध प्रर्दशनमा नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको जानकारी गराउदै आदिवासी/मुलबासी/जनजातिहरुले “लोकसेवाविरुद्ध आदिवासी जनजातिको पहिलो दिन “विशाल जनप्रदर्शन प्रदर्शन” सु-सम्पन्न हुने नेपाल मगर संघ प्रदेस प्र.नं.३ नेवा: ताम्सालिङ्ग मगरातको मुख्य सचिव सबिन पुलामी मगर ‘साकार’ले जानकारी दिए ।

महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।

यस्तो छ आन्दोलनका कार्यक्रमहरु:
२०७६ असार २८ गते- प्रचार-प्रसार र पर्चा वितरण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा ।
२०७६ असार २९ गते- साँझ मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३० गते- साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३१ गते- उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।
२०७६ साउन २ र १० गते- नेपाल बन्द ।

प्रकाशित मिति: बिहिबार, असार २६, २०७६ /Thursday, July 11th, 2019, 7:18 pm