नेप्सेमा सामान्य गिरावट, यस्ता छन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं, असार २६ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) शून्य दशमलव ६२ अंकले घटेर १ हजार २ सय ४८ दशमलव ५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ०१ अंकले घटेर २ सय ६८ दशमलव ३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता शेयर खरिदबिक्री भई ४६ करोड ३६ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ । तर बुधबार ५७ करोड ३४ लाख ४७ हजार ५०९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । जसको कारोबार आज ५ करोड २९ लाख ६२ हजार २७६ रुपैयाँ बराबरको भएको छ । त्यस्तै शिवभ सिमेन्टको ३ करोड २० लाख २ हजार १८९ रुपैयाँ, सिभिल बैंकको १ करोड ७७ लाख ४२ हजार १६७ रुपैयाँ, एनआईसी एशिया बैंकको १ करोड ७४ लाख १७ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भएका छन् ।

यस दिन ११ वटै परिसुचकहरुमा २ वटा समूह बढेको छ भने ९ वटा समूह घटेका छन् । सबैभन्दा बैंकिङ समूहको १.९ अंक, जलविद्यूत समूहको १.२७ अंकले बढेका छन् । त्यस्तै होटल समूह २०.४४ अंक, उत्पादन समूह १९.२८ अंक, जीवन बिमा समूह २४.४ अंक, लघुवित्त समूह ५.५३ अंंक, निर्जिवन विमा समूह २.९९ अंक, विकास बैंक समूह ३.५२ अंक अन्य समूह २.१२ अंक, म्युचल फण्ड ०.०७ अंकले घटेका छन् ।

यस दिन सर्वाधिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ४ दशमलव ७३ प्रतिशतले बढेको छ । त्यस्तैगरी श्री इन्भेष्टमेष्ट फाइनान्सको शेयर मूल्य ३.२५ प्रतिशत, घलेम्दी हाइड्रोको शेयर मूल्य २.३३ प्रतिशतले बढेका छन् ।

साथै सर्वाधिक गुमाउनेमा मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ६७ प्रतिशतले घटेको छ । त्यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५.१० प्रतिशत, इन्भिनिटी लघुवित्तको शेयर मूल्य ४.३४ प्रतिशतले घटेका छन् ।

प्रकाशित मिति: बिहिबार, असार २६, २०७६ /Thursday, July 11th, 2019, 3:15 pm