ललितपुर प्राधिकरणका कर्मचारी घुस सहित रंगेहात पक्राउ

ललितपुर, असार २६ । नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्ट ५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टलाई लगनखेलस्थित यू एण्ड बी फाष्टफुडबाट बुधबार पक्राउ गरेको हो। उनले घरमा नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनापछि आयोग सक्रिय भएको थियो।

विष्टलाई आयोगको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता सहसचिव प्रदिपकुमार कोइरालाले बताए।

प्रकाशित मिति: बिहिबार, असार २६, २०७६ /Thursday, July 11th, 2019, 2:22 pm