बिहिबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, असार २६ । साताको पाँचौ दिन बिहिबार छापावाल सुनको मूल्य बढेको छ । आज सुन प्रति तोलमा ४ सय रुपैयाले बढेको हो ।

मंगलबार छापावाल सुन प्रति तोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने तोलामा २ सय रुपैया घटेर छापावाल सुन प्रति तोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज बिहिबार तोलामा ४ सय रुपैयाले बढेर ६४ हजार ७ सय रुपैयामा कारोबार
भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुन प्रति तोला ६४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्स्थिय पनि बढेको छ । आइतबार, सोमबार, मंगलबार र बुधबार चाँदी प्रति तोलामा ७ सय २० रुपैयाँमा कारोबार भैरहेको थियो । आज भने चाँदी प्रति तोला ५ रुपैयाले बढेर ७ सय २५ रुपैयाँमा कारबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, असार २६, २०७६ /Thursday, July 11th, 2019, 11:15 am