आज १२ अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, असार २६ । नेपाल राष्ट्र बैंकले बिहीवार रू. १२ अर्बको विकास ऋणपत्र बोलकबोलमा विक्री गर्ने भएको छ । पाँचवर्षे अवधिका लागि उक्त ऋणपत्र विक्री गर्न लागिएको हो ।

उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । इच्छुक संस्था तथा व्यक्तिले बिहीवार अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली मार्पmत बोलकबोल पेश गर्नुपर्नेछ । बिहीवार बोलकबोल पेश भएपछि शुक्रवार ऋणपत्र विक्री गरिने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि सकिएपछि २०८१ असार २७ मा एकमुष्ट रूपमा साँवा भुक्तानी गरिनेछ । ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ब्याजमा ब्याजकर पनि लाग्ने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रूपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात् रू। ९ अर्ब ६० करोड र रू। २ अर्ब ४० करोड रकम छुट्याइएको छ ।

राष्ट्र बैंकका अनुसार खरीदकर्ताले कम्तीमा रू। ५० हजारसम्मको ऋणपत्र खरीद गर्न सक्नेछन् । साथै, बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रू। ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरीद गर्न सकिनेछ ।

प्रकाशित मिति: बिहिबार, असार २६, २०७६ /Thursday, July 11th, 2019, 7:38 am