सँगै चियापान, अनि गोली हानाहान

काठमाडौंं, असार २६ । भोजपुर सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकाका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसे चिया खाइरहेका थिए। दुवै जनाबीच पहिलेखि नै चिनजान थियो। भेट हुनासाथ हात मिलाए र चिया पपिउन सुरु गरे। चन्द समूहका ओखलढुंगा जिल्ला ईन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए।

प्रत्यक्ष दर्शीका अनुसार नीरकुमार दुईदिनयता चियापसलमा आउने जाने गरिरहेका थिए। बुुधबार पनि बिहानै आएर अरु मन्छेसँग ुहेलोहाईु गरिरहेका थिए करिब ८ बजे सञ्जीब आइपुगे। दुवैले दाइभाइको साइने पनि लगाए भन्ने खबर कान्तिपुर दैनिकमा खबर छ।

प्रतिबन्धपछि ८ मारिए
सरकारले नेत्रविक्रम चन्द्र विप्लव समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता कार्यकर्ता मारिएका छन्। चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ। पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका छन्।

भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौँमा विस्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन्। काठमाडौँ विस्फोटमा एक सर्वसाधारणको पनि ज्यान गएको थियो। प्रतिबन्धयताको अवधिका दुई प्रहरीसहित ९ जना घाइते भएका छन्। २८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहको गतिविधमा प्रतिबन्ध लगाएको थियो।

प्रकाशित मिति: बिहिबार, असार २६, २०७६ /Thursday, July 11th, 2019, 7:13 am