नेप्सेमा सामान्य गिरावट, ४ लाख ७५ हजार कित्ता शेयर सूचिकृत

काठमाडौं, असार २५ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दशमलव १२ अंकले घटेर १ हजार २ सय ४९ दशमलव १५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ७३ अंकले घटेर २ सय ६८ दशमलव ३३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६८ कम्पनीको २९ लाख ९८ हजार ९४७ कित्ता शेयर खरिदबिक्री भई ५७ करोड ३४ लाख ४७ हजार ५०९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार सिभिल बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार आज १७ करोड ५३ लाख ५९ हजार ४ सय रुपैयाँ बराबरको भएको छ । त्यस्तै नागरिक लगानी कोषको ४ करोड ११ लाख ६५ हजार ८१० रुपैयाँ, नेपाल बैंक लिमिटेडको २ करोड २३ लाख १७ हजार १४ रुपैयाँ बराबरको कारोबार भएका छन् ।

यस दिन ११ वटै उपपरिसुचकहरुमा ३ वटा समूह बढेको छ भने ८ वटा समूह घटेका छन् । सबैभन्दा बढी लघुवित्त समूहको ३.५२ अंकले बढेको छ । त्यस्तै बैकिङ समूह १.७८ अंक र जीवन विमा समूह १.४४ अंकले बढेका छन् । त्यसैगरी सबैभन्दा बढी उत्पादन समूहमा गिरावट आएको छ । जसको शेयर मूल्य २७.०१ अंकले गिरावट आएको छ । त्यस्तै निर्जिवन विमा समूह १६.७५ अंक, अन्य समूह ६.९३ अंक, जलविद्यूत समम्ूह ४.५४ अंक, होटल समूह ३.७८ अंक, विकास बैक समूह २.७६ अंक, वित्त समुह ०.९८ अंक र म्युचल फण्ड समूह ०.११ अंकले गिरावट आएका छन् ।

यस दिन सर्वाधिक कमाउनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ८१ प्रतिशतले बढेको छ । समिट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.४९ प्रतिशत, मल्टिप्रपोज फाइनान्स कम्पनको शेयर मूल्य ४.४४ प्रतिशतले बढेका छन् ।

साथै सर्वाधिक गुमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ८ दशमलव ९४ प्रतिशतले घटेको छ । कञ्चन डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.०९ प्रतिशत, आँखुखोला जलविद्यूत कम्पनीको शेयर मूल्य ५.४० प्रतिशतले घटेका छन् ।

४ लाख ७५ हजार कित्ता शेयर सूचिकृत
नेप्सेमा बुधबार गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । जसको ४ लाख ७५ हजार २ सय कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । जसले चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असार २५, २०७६ /Wednesday, July 10th, 2019, 4:03 pm