बुधबार सुनको भाउ घट्यो

काठमाडौं, असार २५ । साताको चौथो दिन बुधबार छापावाल सुनको भाउ घटेको छ । आज सुन प्रति तोलमा ३ सयले घटेको हो ।

मंगलबार छापावाल सुन प्रति तोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज (बुधबार) छापावाल सुन प्रति तोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुन प्रति तोला मूल्य ६४ हजाररुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । आइतबार, सोमबार, मंगलबार चाँदी प्रति तोलामा ७ सय २० रुपैयाँमा कारोबार भैरहेको थियो । आज पनि चाँदी तोल ७ सय २० रुपैयाँमा कारबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०७६ /Wednesday, July 10th, 2019, 11:00 am