कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

काठमाडौं, असार २३ । आयोजक राष्ट्र ब्राजिलले ४६ औं संस्करणको कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोलले पराजित गर्दै ब्राजिलले उपाधिमाथि कब्जा जमाएको हो। ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि १२ वर्षपछि जितेको हो । तर ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको यो ९ औं पटक हो।

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे । यता, पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए । खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । तर खेलको ४४औं मिनेटमा पेरुले गोल फर्काउन सफल भयो ।

पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरी दिलाएका थिए । खेलको पहिलो हाफमै ब्राजिलले अग्रता बनाउन सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए ।

खेलको ७० औ मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुग्यो । जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । २–१ गोलअन्तरले अघि रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–१ गोलको जित दिलाए ।

प्रकाशित मिति: सोमवार, असार २३, २०७६ /Monday, July 8th, 2019, 6:56 am