कोपा अमेरिका फुटवलः अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

काठमाडौं, असार १८ । घरेलु टोली ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको खेलमा चिरपरिचत प्रतिद्वन्द्वी अर्जेन्टिनामाथि २–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । ब्राजिलको जितमा ग्याब्रियल जेसस र रोबर्टो फिरमिनोले एक–एक गोल गरेका थिए ।

खेलको १९औं मिनेटमा ब्राजिलका गागिाब्रिएल जेससले गोल गरी ब्राजिललाई अग्रता दिलाएका थिए । उनले रोबर्टो फिरमिनोको पासमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा १–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।

लियोनल मेस्सी प्रेरित अर्जेन्टिना ब्राजिलमाथि कुनै पनि बेला हावी देखिएन् । जारी प्रतियोगितामा मेस्सीले कुनै पनि गोल गर्न नसक्दा अर्जेन्टिना सेमिफाइनलबाटै आउट भयो ।

अब फाइनलमा ब्राजिलले चिली र पेरुबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७६ /Wednesday, July 3rd, 2019, 9:01 am