विप्लवलाई शान्ती प्रक्रियामा ल्याउन प्रचण्ड सक्रिय, यसो भन्छन

चितवन, असार १० । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले संसदीय राजनीतिलाई बुझ्ने कुरामा नेत्र विक्रम चन्द, विप्लवमा समस्या रहेको बताएका छन । संसदीय राजनीतिलाई गलत रुपमा बुझेकै कारण विप्लव शान्ति प्रक्रियामा नआएको र हिंसाको बाटो अपनाएको बताए । मंगलबार भरतपुर महानगरको चौथो नगरसभा उद्घाटन गर्दै प्रचण्डले शान्ति प्रक्रियामा आउनु भनेको कार्यकर्तालाई झुक्याउनु हो भन्ने सोच विप्लवमा रहेको बताए ।
पछिल्लो समयमा शान्ति प्रक्रिया ठीक थियो भन्ने कुरा विप्लवले बुझ्न थालेको भन्दै प्रचण्डले अब विप्लव ढिलो चाँडो मूलधारमा फर्कने दाबी गरे ।

प्रचण्डले भने-‘उहाँले शान्ति प्रक्रिया र चुनावपछि के भन्नु भयो भन्दा हामीलाई काठमाडौं त लिएर आउनु भयो तर मलाई (चन्दलाई) अनुभुति के भयो भने नुवाकोटको एउटा भर्खरको तामाङनी केटीलाई काठमाडौं लगेर म बिहे गर्छु भनेर बम्बै पुर्‍याएजस्तो फिल भयो । विप्लवले यही भने ।’
उनले अघि थपे- ‘हेर्दै जानु होला प्रचण्डले बम्बै लगेको रहेनछ हामी सबैलाई काठमाडौं र नेपालमा नै विवाह गराउन पहल गरेको रहेछ भन्ने जुन दिन बुझ्नु हुन्छ उहाँ तुरुन्तै आउनु हुन्छ ।’

प्रकाशित मिति: मङ्लबार, असार १०, २०७६ /Tuesday, June 25th, 2019, 9:31 pm