नेप्सेमा झिनो अंकको वृद्धि, यस्ता छन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं, असार १० । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुन्य दशमलव ९६ अंकले बढेर १ हजार २ सय ६१ दशमलव ०७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ४० अंकले बढेर २ सय ७१ दशलमव ४४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर खरिदबिक्री भई ३६ करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन १२ वटा उपपरिसुचकहरुमा ६ वटा समूह बढेको छ भने ६ वटा समूह घटेका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार एनसीसी बैंक लिमिटेडको भएको छ । जसको कारोबार आज २ करोड ५३ लाख ८४ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्वाधिक कमाउने कम्पनीमा गणपति वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ९२ प्रतिशतले बढेको छ । त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ७ दशमलव ५६ प्रतिशतले बढेको छ ।

यस दिन सर्वाधिक गुमाउनेमा मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ६६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: मङ्लबार, असार १०, २०७६ /Tuesday, June 25th, 2019, 3:54 pm