असार ९ र १० गते विदेशी च्यानल बन्द !

काठमाडौं, असार ५ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन् ।

केवल टीभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका छन् । केवल टीभी व्यवसायीहरुले जारी गरेको विज्ञप्तिमा आगामी सोमबार १२ बजेदेखि मंगलबार १२ बजेसम्म विदेशी च्यानलहरु बन्द गर्ने घोषणा गरिएको छ ।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदी, इन्टरनेट सेवा प्रदायक एसेसियसनका अध्यक्ष भोजराज भट्ट, नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली र डिस मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

प्रकाशित मिति: बिहिबार, असार ५, २०७६ /Thursday, June 20th, 2019, 8:15 am