पचास हजार घुससहित त्रिविका सहायक डिन पक्राउ

काठमाडौ, असार ४ ।
पचास हजार घुस रकम सहित त्रिभुवन विश्वविद्यालयका सहायक डिन शम्भु कट्टेल बुधबार पक्राउ परेका छन । किर्तिपुरस्थित एक क्याफेबाट उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूस रकम नगद सहित रंगेहात पक्राउ गरेको जनाएको छ । कट्टेल मानविकी संकायका सहायक डिन हुन्।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६ /Wednesday, June 19th, 2019, 9:34 pm