झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं, असार ४ । अघिल्लो दिन मंगलबार २ दशमलव २३ अंकले घटेर १ हजार २ सय ५८ दशमलव ६६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से बुधबार भने सुन्य दशमलब २० अंकले घटेको छ । यस दिन नेप्से घटेर १ हजार २ सय ५८ दशमलब ४६ अंकमा पुगेको छ । त्यस्तै गरी यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव २३ अंकले बढेर २ सय ७० दशलमव ५२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार १ सय ७७ कम्पनीको १२ लाख २६ हजार ६८६ कित्ता शेयर खरिदबिक्री भई ३५ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो भने यस दिन १ सय ६९ कम्पनीको ९ लाख ८० हजार ९१९ कित्ता शेयर खरिदबिक्री भई ३० करोड ४१ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन ११ वटा समूह मध्ये ५ वटा समूह बढेको छन भने ६ वटा समूह घटेका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ । जसको २ करोड १७ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सर्बाधिक कमाउनेमा मल्टी प्रपोज फाइनान्स कम्पनी लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ६९ प्रतिशतले बढेको छ ।

साथै सर्गुबाधिक माउनेमा घलेम्दी हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ५७ प्रतिशतले गिरावट आएको छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६ /Wednesday, June 19th, 2019, 3:36 pm