प्रहरीलाई पैसा दिन खोज्ने पक्राउ

भक्तपुर, असार ४ । डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका–९ घर भइ काठमाडौं चक्रपथ बस्ने ३३ वर्षीय केदार बहादुर नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका–४ नयाँ ठिमीमा प्रहरीले बा ४ ख ७७७९ नम्बरको ट्रिपरलाई जाँच गर्ने क्रममा केदारले उक्त नगद सवारी दर्ता किताब भित्र राखेर दिन खोजेका थिए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६ /Wednesday, June 19th, 2019, 1:35 pm