असार २ गते सार्वजनिक विदा (हेर्नुहोस् सुचना

उर्लाबारी, जेठ ३१ । मोरङको उर्लाबारी नगरपालिकाले धिमाल जातिको पर्व जात्री तथा सृजातको अवसरमा असार २ गते स्थानीय विदा दिएको छ । शुक्रबार नगरपालिकाले एक सूचना प्रकाशित गरी स्थानीय सार्वजनिक विदाको घोषणा गरेको नगर प्रमुख खड्ग बहादुर फागोले जानकारी दिएका हुन् ।

गत वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाबाट सुरु भएको जात्री असार २ गते उर्लाबारी–३ मा भव्य मेला लागेर समापन हुने गर्दछ । प्रदेश नंं १ मा रहेका धिमाल समुदायले यो पर्व वैशाख २ गतेदेखि असार २ गतेसम्म मनाउने गर्छन् । प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन् ।

परापूर्वकालमा धिमालहरुले यी समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएको र यसलाई निरन्तरता दिदैं मनाउदै आएको जनविश्वास छ ।

हेर्नुहोस सूचना

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१, २०७६ /Friday, June 14th, 2019, 8:28 pm