ललितपुरको इमाडोलमा चोरी

ललितपुर, जेठ ३१ । महालक्ष्मी नगरपालिका–४ ईमाडोल शितलपाटी हाईटस्थित राम श्रेष्ठको घरमा बिहीबार दिउँसो कोही नभएको अवस्थामा घरको ढोका फुटाई सुनका गरगहना १० तोला, चाँदीका गरगहना २० तोला र नगद १५ हजार रुपैयाँ समेत गरी करिब ६ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरुको खाजी कार्य जारी रहेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१, २०७६ /Friday, June 14th, 2019, 8:21 pm