१३ वर्षिय बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

ललितपुर, जेठ ३१ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं दक्षिणकाली घर भएका ३४ वर्षीय किशोर खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर गोदावरी बस्ने ती बालिकालाई खत्रीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बांणेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको महानगरिय प्रहरी बृत्त सातदोवाटोका डिएसपी गौतम मिश्रले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१, २०७६ /Friday, June 14th, 2019, 8:12 pm