भूकम्पको धक्का महसुस, स्थानीय त्रसित

बझाङ, जेठ ३१ । बझाङको छबिसपाथीभेरा गाउँपालिका–४ कोटदरबार नजिक केन्द्रबिन्दु बनाएर शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्ट स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दिपक बस्नेतले जानकारी दिए ।

उनका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भूकम्पपछि गएका पराकम्पन भन्दा फरक रहेको छ । यसरी पटक पटक स–सना पराकम्पन जानु भनेको महाभुकम्पको शक्ति क्षयीकरण हुनु भएकाले यसलाई राम्रो हिसावले हेर्नु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१, २०७६ /Friday, June 14th, 2019, 6:48 pm