आइतबार उपत्यकाका निजी विद्यालयमा विदा

काठमाडौं, जेठ ३१ । आइतबार काठमाडौं उपत्यकाका सबै निजी विद्यालयमा विदा हुने भएको छ ।

कान्तिपुर एकेडेमी जोरपाटीका प्रिन्सिपल, गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष तथा काठमाडौं एनप्याब्सनका सहसचिव बालकुमार गुरुङको निधनको शोकमा आइतबार काठमाडौं उपत्यकाका निजी विद्यालयमा शोक विदा दिइने भएको हो ।

प्याब्सन काठमाडौं र एनप्याब्सन काठमाडौंले संयुक्त विज्ञप्ती निकाली शोक विदा दिनेबारे जानकारी दिएका छन । प्याब्सन काठमाडौंका अध्यक्ष हरि कृष्ण श्रेष्ठ र एन प्याब्सन काठमाडौंका अध्यक्ष विष्णु प्रसाद पराजुलीले संयुक्त विज्ञप्ती जारी गरी उक्त दिनका लागि तय गरिएको शोक विदाप्रति साथ दिनका लागि पनि सरोकारवाला सबै निकायलाई आग्रह गरिएको छ ।

बालकुमार गुरुङको बिहीबार निधन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१, २०७६ /Friday, June 14th, 2019, 4:09 pm