हाजिरी जमानीमा छुटे युट्युबर गौतम

काठमाडौं, जेठ ३१ । युट्युवर प्रनेश गौतमलाई प्रहरीले रिहा गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले गौतमलाई हाजिरी जमानीमा बिहिबार रिहा गरेको हो ।

फिल्म वीरविक्रम २ को समिक्षा गर्दा कलाकारमाथी मानहानी भएको भन्दै फिल्मका निर्देशक मिलन चाम्सले गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो । गौतमले युट्बमा ठट्यौली शैलीमा फिल्म समीक्षा गरेका थिए । हाजिरी जमानीमा छुटेका प्रनेशले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ ।

फिल्मका निर्देशक चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएर उजुरी दिएका थिए । विशुद्ध फिल्म समीक्षालाई लिएर नियन्त्रणमा लिइएको भन्दै यतिबेला प्रहरी कदमको आलोचना भइरहेको छ । यसैलाई लिएर राजधानीमा बुधबार प्रदर्शनसमेत भयो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१, २०७६ /Friday, June 14th, 2019, 11:47 am