चिकित्सक टोली सवार गाडी दुर्घटना, २ को मृत्यु, १५ घाइते

रामेछाप, जेठ ३१ । रामेछापमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । स्वास्थ्यकर्मीलगायतका यात्रु चढेको कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचारका क्रममा उनीहरुको ज्यान गएको हो । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य शिविर सञ्चालनका लागि सवार चिकित्सकको टोली चढेको गाडी दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, बसका चालक र सहचालक बेपत्ता छन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१, २०७६ /Friday, June 14th, 2019, 11:08 am