शुक्रबार सुनचाँदीको भाउँ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, जेठ ३१ । साताको छैठौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । शुक्रबार सुनप्रति तोलामा ६ सयले बढेको छ । त्यसैगरी चाँदी पनि प्रति तोलामा ५ रुपैयाँले बढेको छ ।

बिहीबार सुन प्रति तोला ६२ हजार ४ सयमा कारोबार भैरहेको थियो । तर आज (शुक्रबार) सुन प्रति तोला ६३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज (शुक्रबार) तेजावी सुन तोलाको ६२ हजार ७ सय रुपैँयामा कारोबार भैरहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य बढेको छ । सोमबार, मंगलबार, बुधबार, बिहीबार चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको थियो । तर आज (शुक्रबार) चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१, २०७६ /Friday, June 14th, 2019, 10:47 am