पूर्वशिक्षामन्त्री धनिराम पौडलको चितवनमा निधन

काठमाडौं। जेठ ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनिराम (डि. आर.) पौडेलको चितवनको माडीमा निधन भएको छ।

पौडेलको ह्दयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए। उनको चितवनको माडीमा आज विहान निधन भएको सुवेदीले बताए ।

पौडेल २०७३ साल भदौमा भदौमा काङ्ग्रेस–माओवादी (केन्द्र) को संयूक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री रहदा शिक्षा मन्त्री भएका थिए।

पौडेलको शव अहिले अस्पतालमा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापा बादल चितवन आउँदैछन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१, २०७६ /Friday, June 14th, 2019, 8:23 am