प्रचण्डको एक कल फोनले बढेको गाडी भाडा केही घण्टामै फिर्ता !

काठमाडौ, जेठ ३० । सरकारले सार्वजनिक सवारी साधनमा बढाएको भाडा केही घण्टामै फिर्ता लिएको छ । बिहिवार दिउँसोदेखि लागू हुने गरि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा वृद्धिको निर्णय गरेको जनाएको थियो । तर चौतर्फी दबाबपछि सार्वजनिक यातायातमा बढाएको भाडा तत्काल कार्यान्वयन नगर्ने निष्कर्षमा विभाग पुगेको हो । उसले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको विज्ञप्ति निकाली जनाएको हो ।

यसअघि विभागले असार १ देखि लागू हुनेगरी यातायात भाडा २० प्रतिशतसम्म बढाउने निर्णय गरिएको जनाएको थियो। भाडा बढाउने निर्णय सार्वजनिक भएपछि नेकपा अध्यक्ष प्रचण्ड असन्तुष्ट बनेका थिए ।
त्यसमा झन कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले समेत विभागका कर्मचारीससङ्ग टेलिफोन सम्वाद गरेका थिए ।

महानिर्देशक कुमार दाहालले पनि चौतर्फी दबाब आएपछि भाडा वृद्धिको निर्णय फिर्ता लिएको स्वीकार गरे। उनले भने, ‘सामाजिक सञ्जालदेखि चौतर्फी दबाब आयो, थप अध्ययन, अनुसन्धान गर्ने भएकोले निर्णय फिर्ता लिएका छौं।’

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०७६ /Thursday, June 13th, 2019, 11:07 pm