५३१ जनाले पास गरे असइको परीक्षा (सूचिसहित)

काठमाडौं,जेठ ३० । प्रहरी प्रधान कार्यालयले असाई (प्रहरी सहायक निरीक्षक) को परिक्षा दिएका मध्ये ५ सय ३१ जनाको नतिजा सार्वजनिक गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गत असोज १५ गतेको विज्ञापन अनुसार प्रहरी सहायक निरीक्षकको प्रतिष्पर्धामा भाग लिएकामध्ये पाँच सय ३१ जनाको नाम विहीबार साँझ सार्वजनिक गरेको हो ।

परीक्षामा उतिर्ण सबै परिक्षार्थीलाई आगामी असार ११ गते बुधबार विहान ११ बजे प्रहरी प्रधान कार्यालयको प्रशासन शाखामा सम्पर्क गर्न भनिएको छ । उतिर्ण परीक्षार्थीले चार प्रति पासपोर्ट साईजको फोटो र शैक्षिक प्रमाण पत्रको २ प्रति छायाँकपि सहित उपस्थित हुन भनेको छ ।

हेर्नुहोस सूचि

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०७६ /Thursday, June 13th, 2019, 9:15 pm