बिहिबार पनि घट्यो नेप्से, १० समूह राताम्यै

काठमाडौँ, जेठ ३०। साताको अन्तिम कारोबार बिहिबार पनि नेपाल स्टक एक्सचेन्ज -नेप्सेमा गिरावट आएको छ । यस दिन नेप्से २ दशमलव ९२ अंकले घटेर १ हजार २ सय ६९ दशमलव ५५ को अंकमा पुगेर कारोबार बन्द भएको छ । अघिल्लो दिन बुधबार पनि नेप्से ३ दशमलव ५० अंकले घटेको थियो ।

त्यस्तै बिहिबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५४ अंकले घटेर २ सय ७१ दशलमव ८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

नेप्से संगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन १ सय ७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने १ सय ७४ कम्पनीको १८ लाख ७१ हजार ८०४ कित्ता शेयर खरिदबिक्री भई ५० करोड २६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका ११ समूहमध्ये एउट समूह मात्र बढेको छ भने १० वटा समूह घटेका छन् ।


यस दिन सबैभन्दा बढी कारोबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । जसको कारोबार ३ करोड ८ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्बाधिक कमाउनेमा अरुण खोला जलविद्युत कम्पनी रहेको छ । जसको शेयर मूल्यमा ५ दशमलव २६ प्रतिशतले बढेको छ ।

साथै सर्बाधिक गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ६७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०७६ /Thursday, June 13th, 2019, 4:22 pm