कलंकीबाट ४ जुवाडे पक्राउ

काठमाडौं, जेठ ३० । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित तिर्थ मानन्धरको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मकवानपुर थाहा नगरपालिका(४ का ३२ वर्षीय राम बहादुर बलामी समेत ४ जनालाई नगद १६ हजार २ सय १५ रुपैयाँ र ११ बुक तास सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०७६ /Thursday, June 13th, 2019, 1:13 pm