विप्लव नेकपाका जुम्ला इञ्चार्ज पक्राउ

खलङगा, जेठ ३० । नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण) लाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए । सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ । रासस

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०७६ /Thursday, June 13th, 2019, 12:35 pm