बिहीबार सुनको भाउँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, जेठ ३० । साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार सुन प्रति तोलमामा १ सयले बढेको छ । सोमबार, मंगलबार, बुधबार सुन प्रति तोला ६२ हजार ३ सयमा कारोबार भैरहेको थियो । तर आज (बिहीबार) प्रति तोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज (बिहीबार) तेजावी सुन तोलाको ६२ हजार १ सय रुपैँयामा कारोबार भैरहेको छ ।

त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार, मंगलबार, बुधबार चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेकोमा आज –बिहीबार) पनि प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०७६ /Thursday, June 13th, 2019, 10:58 am